सालको काठ सहित कटारीबाट एक युवक पक्राउ

कटारी : प्रहरीले उदयपुरको कटारीबाट ५० हजार मूल्य बरावरको सालको काठ सहित एक जनालाई पक्राउ गरेको । बुधवार दिउसो १ बजेको समयमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीको विशेष टोलीले अटो सहित युवक पक्राउ परेको उदयपुर प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार नगरपालिकाको वडा नम्बर ४ स्थित कान्छी बजारमा स १ ह १६७८ नम्बरको अटोबाट ११ दशमलव ५ क्यूफिट झ्यालढोका बनाउन प्रयोग हुने सखुवाको तयारी चौकास सहित नियन्त्रणमा लिईएको छ । पक्राउ पर्नेमा अटोका चालक सोही वडा बस्ने १९ वर्षिय प्रदीप दनुवार रहेका छन् । बरामद काठ, पक्राउ परेको अटो र चलाकलाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय त्रिवेणी कटारीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले जानकारी दिनु भयो ।

बरामद काठका विषयमा डिभिजन वन कार्यालयले आवश्यक अनुसन्धान थालेको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका प्रमुख उपेन्द्र प्रसाद पटेलले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार