सोलुखुम्बु : अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसरमा सोलुखुम्बुमा कविता र निबन्ध प्रतियोगीता आयोजना गरिएको छ । रीड नेपालको आयोजनामा सम्पन्न प्रतियोगीतामा कविता तर्फ जिल्ला भरका ५७ विद्यार्थी र निबन्ध तर्फ १७८ विद्यार्थी सहभागी बनेका थिए ।
शिक्षा र साक्षरता सम्बन्धि विषयमा भएको कविता प्रतियोगीतामा सिंहकाली माध्यमिक विद्यालय तिङलाकी सुस्मा बस्नेत प्रथम हुनुभएको छ । प्रतियोगीतामा गुदेल माध्यमिक विद्यालयका यूमन खालिङ द्धितीय र थुलुङ दुधकोशी गाउँपालिका नेलेकी सरिना बस्नेत तृतीय हुनुभएको छ ।
कविता प्रतियोगीतामा विरेन्द्रोदय माध्यमिक विद्यालय मुक्लीकी दिव्या थुलुङ, महेन्द्र ज्योति माध्यमिक विद्यालय खुम्बुका पासाङ ङिमा शेर्पा र गार्मा माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका ७ का निर्मल कोइराला सान्त्वना हुनुभएको छ ।
त्यस्तै, तीन तहमा गरिएको निबन्ध प्रतियोगीता तर्फ कक्षा ४ र ५ का विद्यार्थीहरु बीच शिक्षाको महत्व शिर्षकमा भएको प्रतियोगीतामा हुँगा माध्यमिक विद्यालय सोताङका आशा राई प्रथम, सिंहकाली माध्यमिक विद्यालय तिङलाकी प्रियंका भट्टराई द्धितीय, शहिद नरनाथ आधारभुत विद्यालय नेचाका विशाल विश्वकर्मा तृतीय र रामपुर आधारभुत विद्यालय काँकुका सदिप राई सान्त्वना भएका छन् ।
कक्षा ६ देखि ८ सम्मका विद्यार्थी बीच सामाजिक विकृती न्यूनिकरणमा बाल क्लबको भूमिका शिर्षकमा भएको निबन्ध प्रतियोगीतामा चन्द्रोदय आधारभुत विद्यालय माप्यदुधकोशी गाउँपलिकाका सुक्रम राई प्रथम, दुधकुण्ड हिमालय आधारभुत विद्यालय फाप्लुका दोर्जी तामाङ द्धितीय, काँकु माध्यमिक विद्यालयका संगीना राई तृतीय र सिंहदेवी आधारभुत विद्यालय माप्यदुधकोशीका गाउँपलिकाका मूना राई सान्त्वना भएका छन् ।
यस्तै कक्षा ९ देखि १२ सम्मका विद्यार्थी बीच कोरोना न्यूनिकरणमा आम समुदायको भूमिका शिर्षकमा गरिएको प्रतियोगीतामा जीवन ज्योति माध्यमिक विद्यालय थुलुङ दुधकोशीका मनोज बाबु कार्की प्रथम, विपि संस्कृत माध्यमिक विद्यालय नेचासल्यानका बर्षा निरौला द्धितीय, हिमालय माध्यमिक विद्यालय माप्यदुधकोशीका पे्रक्क्षा कटेल तृतीय र गणेश थान माध्यमिक विद्यालय नेचासल्यानका रेवती श्रेष्ठ सान्त्वना भएको रीड नेपालका शिक्षा विकास अधिकृत अमर बहादुर सिंहले जानकारी दिनुभयो ।
प्रतियोगीताका प्रथम, द्धितिय र तृतिय स्थान ओगट्न सफल विद्यार्थीहरुलाई क्रमश नगद ३ हजार, २ हजार, १५ सय र एक हजारको साथमा प्रमाण–पत्र प्रदानगरिने आयोजकले जनाएको छ । साथै सहभागी विद्यार्थीलाई सहभागीतात्मक प्रमाण–पत्र प्रदान गरिने रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी बिताउनुभयो । कोरोना कहरका बीचमा आयोजित कविता र निबन्ध प्रतियोगीतामा अपेक्षा भन्दा बढि विद्यार्थीको सहभागीता भएको आयोजक रीड नेपालले जनाएको छ ।
कार्यक्रममा कस्ले के भने ?
सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले मानव जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बालदिवसको अवसरमा रीड नेपालद्धारा आयोजित कविता तथा निबन्ध प्रतियोगीता कार्यक्रममा बोल्दै मेयर शेर्पाले कोरोना कहरको समयमा जीवन रक्षा नै पहिलो प्राथमिकता रहनु पर्ने र दोस्रो प्राथमिकतामा मात्रै शिक्षा लगायतका क्षेत्र पर्ने बताउनुभयो ।
कोरोनाकै कारण शैक्षिक क्षेत्र प्रभावित बन्दा आफू पनि दुखित रहेको भन्दै वैकल्पिक शिक्षाका विषयमा छलफल गरिरहेको बताउनुभयो । रीड नेपालले विषम परिस्थितीमा शिक्षालाई गतिशिल बनाउन गरेको कामको खुलेर प्रशंसा गर्नुभएका मेयर शेर्पाले समुदाय स्तरमा कोरोना फैलन नदिन प्रभावकारी सावधानीका काम गरेको दावी गनुभयो ।
कार्यक्रममा रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले खुला जमघट निषेध गरिएको परिस्थितीमा अपनाइएको विधिबाट पनि विद्यार्थीको सहभागीता र प्रतिस्प्रर्धा प्रभावकारी भएको बताउनुभयो । नेपालमा कोरोना कहर शुरु भएपछि विद्यार्थीको सिकाइका लागि रेडियोबाट सिकाइ संचालन गरेको रीड नेपालले रेडियो होम स्कुल कार्यक्रम सञ्चालन गरिरहेको छ ।