लिखु खोलामा बल्छी हान्न गएका युवक बेपत्ता

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सोलुखुम्बु र रामेछाप सिमाना भई बग्ने लिखु खोलामा बल्छी हान्ने क्रममा एक युवक बेपत्ता भएका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ का १८ बर्षिय पारस धामी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक मन्दिप चौहानका अनुसार सोमबार दिउँसो १ बजे उनी बेपत्ता भएका हुन् । अहिले उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार