बेपत्ता बालबालिका २४ घण्टापछि भेटिए

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु :  माप्यदुधकोशी २ बासामा २४ घण्टा देखि बेपत्ता चारै जना बालबालीका परिवारको सम्पर्क आएका छन् । गत शनिबार साँझ ५ बजे देखि बेपत्ता सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ बासाका ४ जना बालबालिका आईतबार साँझ परिवारको सम्पर्क आएका हुन् ।

बासाखाली माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठका अनुसार शनिबार साँझ ५ बजे स्थानिय कृष्ण बहादुर राईका छोराहरु १२ बर्षिय तुषण राई, ८ वर्षिय सुदिप राई तथा आङछिरि राईका ७ वर्षिया छोरा फ्रान्सीस राई र साढे २ वर्षिया छोरी सिजल राई खेल्न भनि निस्किएका थिए ।

राती अबेर सम्म घर नर्फिएका उनीहहरुलाई परिवार र स्थानियले खोजतलास गर्दा समेत फेला पर्न नसकेपछि परिवारले प्रहरी र सञ्चार माध्यममा खबर गरेका थिए । स्थानिय सहितका टोलीले खोजतलास गर्दा समेत फेला पर्न नसकेका बालबालीका आईबार साँझ आफै घरमा आएको बासाखाली मा.वि.का प्रअ श्रेष्ठले बताउँनुभयो । प्र.अ श्रेष्ठका अनुसार उनीहरुले करिब एक घण्टाको पैदल दुरीमा पर्ने दुधकोशी नदिको किनारमा खेल्न गएको र राती नजिकैको बाख्राको खोरमा रात विताएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार