काठमाडौँ : कोराना भाइरस संक्रमणबाट एक बृद्धको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१५ को ७० वर्षीय बृद्धको मृत्यु भएको हो । आज बिहान उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ८ बजे मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उनको उपचार भइरहेको थियो । ती पुरुषमा श्वासप्रश्वासमा समस्या थियो । साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले डाइलायसिस पनि गरिएको थियो । यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।