रक्तश्रावका कारण सोलुखुम्बुमा सुत्केरीको ज्यान गयो

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : जिल्लाको महाकुलुङ गाउँपलिकामा सुत्केरीको ज्यान गएको छ । अत्याधिक रक्तश्रावका कारण महाकुलुङ गाउँपालिका वडा नम्बर ३ की २८ बर्षिय रबिमाया कुलुङको ज्यान गएको गाउँपालिका स्वास्थ्य संयोजक हरी आर्चायले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति २ बजे छेस्काम स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिनुभएकी कुलुङको रक्तश्राब नरोकिएपछि प्राथामिक स्वास्थ्य केन्द्र सोताङ ल्याउदै गर्दा बाटैमा ज्यान गएको हो । उहाँको शनिबार बिहान ६ बजे पेल्माङमा मुत्यु भएको स्वास्थ्य संयोजक आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार