माप्यदुधकोशीको नाम जोडिएको समाचारमा सत्यता नभएको दावी

भ्रम छर्नेलाई कार्वाहीको माग

सोलुखुम्बु : गाउँपालिका र व्यक्तिको समेत चरित्र हत्या गर्ने नियतले समाचार प्रकाशन भएको प्रति माप्यदुधकोशी गाउँपालिकाले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । केही दिन अघि एक अन्लाईन पत्रिकाले प्रकाशन गरेको समाचार व्यक्तिगत चरित्र हत्या गर्ने गरि समाजिक सञ्जालमा प्रचार गरिएको भन्दै गाउँपालिकाले विज्ञप्तीनै जारी गरेर ध्यानकर्षण भएको जनाएको हो ।

गाउँपालिका प्रवक्ता तेज बहादुर मगरद्धारा जारी बिज्ञप्तीमार्फत गाउँपालिका केन्द्रको सम्बन्धमा गत बर्ष परेको उजुरीको आधार समाचार बनाई भ्रम सृजना गर्न खोजेको भन्दै कार्वाहीको माग समेत गरिएको छ । चार जना वडा अध्यक्षले उजरी दिएको समाचारमा उल्लेख गरिएको भएपनि वडा नम्बर ५ का वडा अध्यक्ष निमराज तामाङले भने जिल्ला प्रशासन कार्यालयमा कर्मचारी विरुद्ध उजुरी दिएको भएपनि गाउँपालिकाको सन्दर्भमा कहीकतै उजुरी नदिएको बताउँनुभयो ।

कुरा गर्दै अध्यक्ष तामाङले आफुलाई जानकारीनै नभएको बिषय समाचारमा आउँदा आश्चर्य लागेको बताउँनुभयो । वडा नम्बर ३ का वडा अध्यक्ष नारायण काजी कार्की, वडा नम्बर ५ का वडा अध्यक्ष निमराज तामाङ, वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश कुमार राई र वडा नम्बर ७ का वडा अध्यक्ष सगुजित राईले गाउँपालिका भित्र भएको अनियमीतता र भष्टाचार विरुद्ध उजुरी दिईएको उल्लेख छ ।

यता गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा प्रचलित ऐन कानुन निर्देशिका भन्दा बाहिर गएर कुनैपनि योजना सञ्चालन नभएको दावी गरिएको छ । योजना सम्झौता हुँदा देखी फरफारक हुँदा सम्म वडा अध्यक्षको किटानी सिफारिस उपभोक्ता समितिको निर्णय र उपाअध्यक्षको संयोजकत्वमा रहेको अनुगमन समितिको समेत सिफारिसमा मात्रै प्रक्रिया अगाडी बढाईने विज्ञप्तीमा उल्लेख छ ।

गाउँपालिका केन्द्रको बिषयमा वडा नम्बर ३ का वडा अध्यक्ष नारणकाजी कार्कीले दिएको मुद्दा समेत फिर्ता गर्ने सहमती भई गाउँको सर्वाङ्गीन बिकासमा एकजुट भएर जनचाहना अनुसार काम गरिरहेको दावी गरिएको छ ।

यता गाउँपालिका अध्यक्ष बुद्धिकिरणले अख्तियार दुरुपयोग अनुशन्धानबाट आज सम्म कुनैपनि जानकारी नआएको बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार