कलेज टप बनेपछि पाएको पुरस्कार रकम मगर संसार कोषलाई हस्तान्तरण

  नेपालन्यूजसाईट समाचारदाता

काठमान्डौ : काभ्रेको रोशी गाउँपालिका ९ निवासी प्रेरणा क्याप्छाकी मगरले कलेज टप गरेबापत पाएको पुरस्कार रकम (मगर संसार राहत कोष)लाई हस्तान्तरण गर्नुभएको छ । काभ्रेकै श्यामपाटी स्वास्थ्य चौकीमा कार्यरत मगरले पृथ्वीनारायण क्याम्पस, पोखरामा एम.ए राजनीतिशास्त्र विषयमा कलेज टप गरेपछि प्राप्त पाँच हजार पुरस्कारबापतको रकम उक्त कोषमा जम्मा गरेको जानकारी दिनुभयो ।

क्याम्पसको ६० औ वार्षिकोत्सबको अवसरमा गत साल भदौ १७ गते प्राप्त पुरस्कार रकम सामाजीक उदेश्यले स्थापना गरिएको कोषमा जम्मा गर्न पाउँदा खुसीलागेको उहाँको भनाई छ । कोरोना कहरका बीचमा विश्व गुज्रीरहेको बेला सामाजीक भावनाले स्थापना गरिएको कोषलाई सबैले सहयोग गर्नु आजको आवश्यक रहेको मगरको भनाई छ ।

विभिन्न अवरमा आयोजना गरिने कार्यक्रममा बिना उदेश्य खर्च गर्ने र मनोरञ्जनमा मात्रै रकम सक्ने परिपाटीको अन्त्य गर्दै सृजनशिल बन्नुपर्नेमा उहाँको जोड छ । लामो समय ग्रामीण क्षेत्रमा समेत पुगेर काम गर्नुभएकी मगरले परिवारका हरेक व्यक्ति सचेत बन्दै गएको खण्डमा राष्ट्रको बिकासले फड्को मार्ने बताउँनुहुन्छ ।

यता मगर संसार एडमिनले समेत सहयोगको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार