काठमाडौँ : जनकपुरमा एकै पटक ४ वटा बच्चा जन्माएकी महिलाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन् । बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
रमानाले ३ छोरी र १ छोरा जन्माएकी थिइन् । मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रिया मार्फत ती बच्चाहरु निकालेको थियो । महिलाको मृत्यु हुनुअघि बुधबार विहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको अस्पतालले जनाएको छ ।