साइप्रस : शेर्पा किदुक साइप्रसको अध्यक्षमा निमदिकी शेर्पा चयन हुनुभएको छ । किदुकको पाचौं बार्षिक उत्सबको अबसरमा आइतबार आयोजित कार्यक्रमले शेर्पालाइ अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।
निबर्तमान अध्यक्ष निमायाङ्जुम शेर्पाको अध्यक्षतामा सम्पन्न भेलाले वरिष्ठ उपाध्यक्षमा मिना शेर्पा, महासचिवमा निमाल्हमु शेर्पा, सचीवमा सेडुप पेमा रिन्जी शेर्पा, कोषाध्यक्षमा कान्छी लामा, सह-कोषाध्यक्षमा फुलामी शेर्पा चयन हुनुभएको नबनिर्बाचित अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
साइप्रसको विभिन्न शहरबाट एक एक जना उपाध्यक्ष समेत चयन गरेको बताइएको छ । जस अनुसार लिमा सोसल शहरबाट छिरिङयान्जोङ शेर्पा, पापोसबाट पासाङ लामा, लार्नाबाट पसि शेर्पा उपाध्यक्षमा चयन हुनुभएको छ । यस्तै अन्य सदस्यहरूमा ङ्कि शेर्पा , निमा लह्मु शेर्पा , पेमा याङ्जि शेर्पा, र डाेल्मा शेर्पा सर्वसहमत रूपमा चयन हुनुभएकाे छ ।
प्रवासमा बसेर पनि शेर्पा जातिकाे भाषा, कला, ,धर्म संस्कृति र परम्परा लाई जाेगाउन तथा साईप्रसमा रहेका आम शेर्पाहरूकाे आर्थिक , सामाजिक,भाषिक लगायत का क्षेत्रमा बिकास गर्न का साथै भिविन्न कारणहरू बाट समस्यामा परेका हरूलाई सहयाेग गर्नमा शेर्पा किदुक साईप्रसले खेलेको भुमिका कम हुन नदिने नवनिर्वाचित अध्यक्ष शेर्पाको प्रतिबद्धता छ ।
शेर्पा जातिहरुको भाषा, संस्कार, संस्कृति, भेषभुषा संरक्षण गर्ने उदेश्य सहित साइप्रसमा सन २०१५ मा शेर्पा किदुक स्थापना भएको हो ।