काठमाडौँ : रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न आरोपीलाई प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेल रहेका छन् ।
भारत बिहारको पूर्वी चम्पारण मोतिहारी ढाकाथाना क्षेत्रबाट भारतिय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उनिहरुलाई पक्रेको हो । प्रदेश–२ प्रहरी कार्यालयले भने उनिहरुलाई पक्राउ गरेको पुष्टि गरिसकेको छैन् ।
माधव नारायण नगरपालिका–३ खेसरहिया टोल स्थित हनुमान मन्दिरका पुजारी शाहको साउन ३ मा हत्या भएको थियो । उनले आफ्नै पैसा लगानी गरेर मन्दिर बनाएका थिए । मन्दिर परिसरमा अज्ञात ब्यक्तिले गोली हानेर हत्या गरेका पुजारीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन हिन्दुबादी संगठनले दवाव दिएका थिए । हत्या संलग्न रहेको आरोप लागेका देवाही गोनाही नगरपालिका–१ का वडा अध्यक्ष नुरुलाह मियाँ, सोही ठाउँका राजेन्द्र पटेल, कहिल पटेल र राम प्रवेश पटेल फरार छन् ।