भुतपुर्ब बिद्यार्थी मञ्चद्धारा लोखीममा शैक्षिक परामर्श

सोलुखुम्बु :  जनता माध्यमिक बिद्यालय थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ को भुतपुर्ब बिद्यार्थी मन्ञले शैक्षिक परामर्श कार्यक्रम सम्पन गरेको छ । जनता माध्यमिक बिद्यालयबाट एसइई दिएर बसेका बिद्यार्थी तथा कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गरिएको बिश्वराज तामाङले जानकारी दिनुभयो ।

१ सय ६९ जना बिद्यार्थीलाई लोक सेवा आयोग तथा निजामती सेवाको विषयमा जानकारी गराइएको छ । कार्यक्रममा एसइईमा कति जिपिए प्राप्त गरेकाले कुन कुन विषय पढन पाईन्छ र अनुमानित खर्च र समयको बारे आधारभुत जानकारी प्रदना गरिएको छ ।

त्यसैगरी प्राविधिक धार तथा सैद्धान्तिक विषय र संकायहरुबारे संक्षिप्त जानकारी समेत प्रदान गरिएको छ । कुन विषय पढ्दा अनुमानित कति समय र खर्च लाग्ने लगायतको बिषयमा छलफल भएको रामकीरण राईले जानकारी दिनुभयो । ।

कार्यक्रममा थुलुङदुधकोशी प्राविधिक शिक्षालयका प्रिन्सिपल रोमन बान्तावा राई, थुलुङदुधकोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अबिलाल राई, जनता माध्यमीक विद्यालय लोखीमका शिक्षक भुवन भट्ट, थुलुङदुधकोशी गाउँपालिका स्वास्थ्य सहायक बिशाल बाबु राई, सुचना र सञ्चार प्रविधि विज्ञ बिकास राई लगायतले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार