रौतहटमा गोली हानेर एक पुजारीको हत्या

काठमाडौँ  : रौतहटमा एक पुजारीको गोली हानी हत्या गरिएको छ । माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।

बुधबार साँझको नियमित पूजा सकेर मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा करिब साढे ९ बजे अज्ञात ब्यक्तिले गोली हानी  हत्या गरेको रौतहटका प्रहरी जानकारी दिएको छ ।  माधवनारायण २ खेसरहियाको चारै नाका र भारतीय सिमानामा समेत सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको प्रहरीले जनाएको छ ।घटनाबारे अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार