गुडीरहेको गाडीमा माथिबाट आएको ढुङ्गाले लाग्दा एक जना घाईते

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : जिल्लाको सोलु दुधकुण्ड नगरपालिका ११ साल्मेको पहिरोमा परि १ जना एक पुरुष घाइते भएका छन । सल्लेरीबाट काठ्माण्डौ तर्फ गईरहेको बा १७ च ७९३५ नम्बरको स्कारपियोमा माथिबाट खसेको ढुङ्गा लागी क्षति पुगेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान करिब १२ बजेतिर पहिरोको बिचमा पुगेको गाडीमा एक्कासी माथिबाट ढुङ्गा खसेर लागेपछि भाग्ने क्रममा एकजना सामान्य घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक मन्दिप चौहानका अनुसार गाडीमा सवार ४ जना मध्ये काठ्माण्डौ निवासी ४२ बर्षिय डिबी शेर्पा घाईते हुनुभएको छ । पहिरोबाट खसेको ढुङ्गा लागेर गाडीको माथिल्लो भाग र साईडमा क्षति पुगेको छ । घाईते शेर्पा सहित अन्य पुनः काठ्माण्डौ तर्फ लागेका छन् । राजाधानी संग सिधा जोडिएको एक मात्र सडक खण्डको साल्मे सिस्नेरीमा अविरल बर्षापछि बारम्बार पहिरो खस्ने गरेको छ । लामो सयम देखिको समस्या भएपनि समाधान हुन नसकेको यात्रु प्रेम बहादुर बस्नेतले बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार