सोलुखुम्बुका संघीय सांसद राई सहितको टोलिद्धारा मन्त्री खतिवडाको ध्यानकर्षण

सञ्चार तथा भौतिक पुर्वधारमा सोलुखुम्बुलाई पहिलो प्राथमीकतामा राख्न माग

  नेपालन्यूजसाईट

काठमान्डौ : सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शुरवीर)ले जिल्लामा फोरजी सेवा सहित विभिन्न बिकास निर्माणलाई तदारुकताका साथ अगाडी बढाउन अर्थ मन्त्री समेत रहनुभएका सञ्चार मन्त्री युवराज खतिवडाको ध्यानकर्षण गराउनुभएको छ । जिल्लामा बिस्तार भईरहेको फोरजी सेवालाई चाडै सम्पन्न गरि गुणस्तरीय सञ्चार सेवा प्रवाह गर्ने गरि काम गराउन उहाँले आग्रह गर्नुभयो ।

जिल्लामा निर्माणाधिन फोरजी टावर निर्माणमा ढिलाई भएको भन्दै चाडै सम्पन्न गरि स्थानीय नागरिकलाई इन्टरनेटको पहुँचमा जोड्न आग्रह गर्दै यस्तै आठवटै स्थानीय तहमा अप्टीकल फाईबर बिछ्याउने कामलाई समेत तिब्रता दिनुपर्ने भन्दै मन्त्रीको ध्यानकर्षण गर्नुभयो ।

सांसद राई सहित गएको टोलिले जिल्लामा निर्मानाधिन सडकको काम समयमानै सम्पन्न गर्न आवश्यक थप बजेटको व्यवस्था गर्न माग गर्नुभएको टोलीमा सहभागी थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार जिल्लालाई प्रदेश राजधानी जोड्ने कटारी–घुर्मी, सल्लेरी–खुम्बुलाई खण्ड गरि हिमाल तराई जोड्ने सडकको काम अगाडी बढाउन आग्रह गरिएको छ ।

यस्तै नेले–देउसा–सोताङ–महाकुलुङ–साल्पा भञ्ज्याङ, तिङ्ला–सल्यान–नेचा सडक स्तरोन्नती र गोल्डेन ट्रयाङ्गल सडकको समेत ठेक्का लगाई काम अगाडी बढाउनुका साथै छिटो सम्पन्न गर्न मन्त्री खतिवडाको ध्यानकर्षण गरिएको छ । सांसद राईको साथमा थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष महासंघ प्रदेश १ का कोषाअध्यक्ष असिम राई, खुम्बु पासाङ ल्हामु गाउँपालिका कार्यवहाक अध्यक्ष टासी ल्हामु शेर्पा सहितको टोली मन्त्रालय पुगेको थियो । मन्त्री खतिवडाले जिल्लाको आवश्यकता तथा माथ अनुसार कार्यक्रमलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार