समाजवादी र राजपा बीच एकीकरण, नयाँ नाम जनता समाजवादी पार्टी रहने

काठमाडौँ — समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण गर्ने सहमति भएको छ । सहमति पत्रमा हस्ताक्षर गर्दै नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ ।
दुई पार्टी बीच एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी, नेपाल राखिएकोसमाजवादी पार्टीका संघीय परिषद् अध्‍यक्ष बाबुराम भट्टराईले बताउनु भएको हो । सहमति पत्रमा हस्ताक्षर गरिए लगत्तै बिहीबार नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिने राजपाका नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।
सहमतिमा दुवै पार्टीका चार चार जना नेताले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमाराजपबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । राजपा नेपालका अध्‍यक्षमण्डलका सदस्‍यहरू अनिलकुमार झा र राजकिशोर यादवले भने सहमतिपत्रमा यसमा हस्ताक्षर गर्न नमानेको स्रोतले जनाएको छ ।
पार्टीको झन्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने पनि सहमति भएको छ । दल विभाजन खुकुलो हुनेगरी आएको अध्‍यादेशको त्रासले मध्‍यरातमा राजपा र समाजवादी पार्टीबीच एकता भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार