नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकै दिन उदयपुर र चितवनबाट १४ जना संक्रमित थपिए संगै नेपालमा संक्रमतिको संख्या ३० पुगेको हो ।

लकडाउनको समयमा लुकेर उदयपुर छिरेका ८ जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उदयपुर नगरपालिका–३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसआधारमा स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली वैशाखको सुरुमै आएको पाइएको छ ।

उनीहरुको सुरुमा ¥यापिड टेष्ट गरिएको थियो र सबैको रिपोर्ट नेगेटिभ आएको थियो । शंका लागेर पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर विराटनगर पठाइएको थियो ।

कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि १० जनाकै नमुना आज काठमाडौं पठाउँदा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यसैगरी चितवनमा पनि दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार