गुठी संस्थानका दुई कर्मचारी पक्राउ

काठमाडौं। गुठी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वरका दुई कर्मचारी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी  रहेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज चौधरी र रेग्मीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। चौधरी र रेग्मीले जग्गा सम्बन्धी विवादमा दुवै पक्षबाट रकम असुलेको आरोप छ। उनीहरूले कति रकम असुलेका थिए भन्ने खुलिसकेको छैन।

तर, हार्ने पक्षलाई आठ लाख रूपैयाँ फिर्ता गरेपछि परेको निवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार