अन्तराष्ट्रिय दासता उन्मूलन दिवस आज मनाईंदै

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । हरेक वर्षको डिसेम्वर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा मनाउने गरिन्छ ।
संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरु लगायत संसारभरि दिवस मनाउने चलन रहेको छ । विश्मा सन् १९४९ देखि दिवस मनाउन थालेको हो ।
विभिन्न देश अनि भू–भागलाई शक्तिशाली राज्यहरुले आफ्नो उपनिवेश बनाउदै गएपछि दासताको प्रथाले प्रश्रय पाउँदै गएको विभिन्न एतिहासिक दस्तावेजहरुको अध्यनले बताउँदछ ।
अफ्रिकी भुभागहरुबाट दास बनाएर जनावर सरी सिक्रिले बाँधेर बेलायत, अमेरिका र अन्य धेरै बिकसित देशहरुका विशाल शहरहरुको विकास अनि निर्माण गरिएको इतिहास छन् । पशुवत ब्यवहार अनि बलजफ्ति कुनैपनि कार्यमा लगाउने यी दासहरुको चलन यसभन्दा अगाडि ग्रिसको यूद्धमैदान अर्थात् रणभूमीमा कुस्ती लडाएर मृत्यूवरण नहुञ्जेलसम्म खेलाईने हृदयविदारक लडाईका क्रमदेखिनै पाईन्छ ।
परापूर्वकालमा कुनै राज्यमा अर्को राज्यका सैनिकले विजय गरेपछि हारेको राज्यवासीलाई दास राख्ने चलन पनि थियो । अझै पनि मानव तस्करी गरेर अमानविय र जोखिमपूर्ण काम गराउने, यौन धन्दामा लगाउने, मानव अङ्ग तस्करी गर्ने गिरोहहरुले दास प्रथाको झ(झल्को दिन्छ । कमैयाप्रथा, हलिया, कमलरि या अन्य स्वरुपका चलनहरु एकप्रकरको शोषण अनि दासताको उदाहरणका रुपमा नेपालमा कहिंकतै अझैपनि कायम नै छ ।
बालबालिकालाई विभिन्न नाम र ढङ्गमा जोखिमपूर्ण तथा गैरकानूनि कार्यमा लगाईन्छ । चाहे त्यो खूला सिमानाबाट गैह्रकानूनी तस्करीको श्रोतको रूपमा प्रयोग गरिंदै आएका उदाहरण होउन अथवा होटल तथा लजहरूमा खाना तथा भाँडाका टल्काउने फूच्चे फूच्चि यो दिन विशेषले यी आधूनिक स्वरुपका दासता विरुद्ध आवाज उठाउँदछ । यस्ता आधुनिक दासताका घटनाहरु नेपालजस्ता देशमा धेरै सुनिने गरिन्छ ।
हरेक दिन १५०० वढीको सख्याँमा यूवाहरु विदेश पठाउने नेपाल, अर्कोतर्फ हरेक दिन नेपालीका दर्जनौँ काठका वाकसमा फिर्ता आएका नागरीकहरुको शव भिजेका आँखाले पाईरहेको हुन्छ । वैदेशिक रोजगारीका आयाम अनि नेपाली कामदारहरुको सुरक्षालाई ध्यान दिन तर्फ सरकारको ध्यान आज जान जरुरी छ । स्वाभिमानी नेपाली कुनै देशमा दास बन्न हैन अनि दुख्ख पाएर मर्न नभई पसिनाको मुल्य र रोजगारकालागी मात्र गएका हुन भन्ने आवाज सरकारका कुर्सिहरु अनि रोजगार दिने देशहरुले पनि बुझ्न जरुरी छ ।
अन्तर्रा्ष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार संसारभर ४१ लाख श्रमीकहरुलाई जबरजस्ती जोखिमपूर्ण कार्यगर्न विनाकुनै परिश्रममा लगाईन्छ र यस्ता श्रमीकमा महिला र बालबालिकाको संख्या प्रशस्त छ ।
नेपालमा भने श्री ३ चन्द्र शमसेर जंग बहादुर राणाले आजभन्दा करिब ९३ वर्ष अगाडी विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा गरेका हुन् । तथापि विभिन्न स्वरुप र तवरमा दासताका घाउ बनाउने भिन्नाभिन्नै सामाजिक स्वरुपहरु नेपालीमाझ कायम नै छ ।
कलम समाउनुपर्ने हातहरू गलैँचा उद्योग होस् या ईंट्टा भठ्ठा, माईक्रो बस अथवा अन्य सार्वजनिक यातायातका साधनमा झुण्डिने भाई(बहीनीहरु हुन या कथित मुक्त कमैयाका घाउका खतहरु, कम्लरिका पीडाहरू या वादी महिलाले भोगेका पीडादायी चलनका इतिहास किन नहुन् चौतर्फी रुपमा दासताका स्वरुपहरु घुमिरहेका छन् । तिनलाई न्याय दिन अनि अन्त्य गर्न तपाई(हाम्रो साथ, नैतिक सहमती र साझा धारणा व्यवहारमा आउन जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार