सीमा समस्या समाधानका लागि बलियो राष्ट्रिय एकताको माहोल बनेको छ  : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सीमा समस्या समाधानका लागि बलियो राष्ट्रिय एकताको माहोल निर्माण भएको बताउनुभएको छ ।

उहाँले कालापानी क्षेत्र सीमा समस्या समाधान गर्न चुनौती रहेको बताउँदै यतिबेला कुनै उत्तेजना र आवेगमा नभइ सीमा समस्याको समाधानतिर सबै एक लग्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल–चाइना मिडिया फोरमले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले लिपुलेकबारे भारत र चीनले गरेको समझदारीप्रति आफूले त्यतिबेलै औपचारिक असहमति जनाएको सुनाउनुभयो ।

नेपाल, भारत र चीनको साझेदारीबारे पछिल्लो समय बहसको विषय बनेको ‘टु प्लस वान’को अवधारण उपयुक्त नभएको उहाँको तर्क छ । प्रचण्डले चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारी चाहेको बताउनुभयो ।

त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतसँग सकारात्मक छलफल हुन थालेको प्रचण्डको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार