ट्याक्टर दुर्घटना हुँदा बोलेरो चालकको ज्यान गयो

सोलुखुम्बु : नेचासल्यानमा ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । जिल्लाको नेचासल्यान गाउँपालिका १ ख्याम्पुमा शनिबार राती करिब १० बजे ना ६ त ३१ ४६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुदाँ सोहि गाउँपालिका २ का २१ बर्षिय जिप चालक छिरिङ राईको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश १–०३–०१–०२२ च ०३१८३ नम्बरको बोलेरो गाडी र उक्त ट्याक्टर साटासाट गरेर चलाएका थिए । ट्याक्टर चालक सुमन संकरले जिप चलाएका थिए भने बोलेरो चालक छिरिङ राईले ट्याक्टर चलाएका थिए । सोलुखुम्बु प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाका अनुसार अनियन्त्रित भई ट्याक्टर पल्टिदा छिरिङ राईको घटनास्थलमै मृत्यु भएको हो । कानुनी प्रकृया परा गरि शबको पोष्टमाट गर्न ओखलढुंगा स्थीत जिल्ला अस्पताल रुमजटार पठाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार