चिकित्सक बिहिन जिल्ला अस्पतालमा नगरपालिकाको एमबीबीएस डाक्टर !

सोलुखुम्बु :  जिल्ला अस्पताल फाप्लुमा करिब ३ हप्ता पछि चिकित्सकको व्यवस्था भएको छ । सोलु दुधकुण्ड नगरपालिकाले ६ महिनाको लागि एमबीबीएस डाक्टरको व्यवस्था गरेको जनाएको छ ।

नगरपालिकाले नियक्त गरेको डाक्टर स्मृती गौतमले आईतबार देखी सेवा दिन थालेको अस्पतालले जनाएको छ । अब भने सामान्य उपचारका लागी जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको सेवाग्राहीको भनाई छ । जिल्लामा चिकित्सक नहुँदा स्वास्थ्य चौकी सरह तीन हप्ता देखी सेवा दिदै आएको अस्पतालले अब भने सहज सेवा दिने स्थानीयको विश्वास छ ।

फाप्लु अस्पताल परिसरमा भेटिनुभएका सोलु दुधकुण्ड नगरपालिका ११ तिङलाका दान बहादुर बस्नेतले डाक्टर नहुँदा उपचार हुन्छ भन्ने ग्यारेण्टी नहुने भन्दै अब भने ढुक्क लागेको बताउँनुभयो । कुनै बेला बिरामीले खचाखच भरिने अस्पतालमा अहिले बेडभर्ना हुने विरामी सुन्य छ भने ओपिडि सेवा लिनेको संख्या समेत ५० प्रतिशतले घटेको छ ।

डाक्टर बिहिन हुँदा खालि भएको वेड

गाउँगाउँको स्वास्थ्य चौकीले रेफर गर्ने बिरामी जिल्ला अस्पताल फाप्लुु आउने भएपनि चिकित्सक नहुँदा त्यतीकै जिल्ला बाहिर जानुपरेको थियो । नगरपालिकाले चिकित्सकको व्यवस्था गरेसंगै अब त्यसको समेत अन्त्य भएको माप्यदुधकोशी गाउँपालिका ३ बाट आउँनुभएका मनिस शासंकरको भनाई छ ।

“सञ्चार माध्यमको खबरदारी र जनप्रतिनिधिको सक्रियताको कारण चिकित्सक व्यवस्था भएको थाहा पाएपछि अधिकांश सेवा ग्राही सेवा लिन आएको बताएका छन् । कुनै समय पाँच जना डाक्टरले सेवा दिएको अस्पतालमा एकाएक सेवा प्रभावीत हुँदा संघियता प्रति असन्तुष्ट बनेकाहरु चिकित्सक आएसंगै गुणस्तरीय सेवा पाउँने आशामा छन् । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुका पेम्बा शेर्पा भन्नुहुन्छ, “सामान्य उपचारको लागी जिल्ला बाहिर जाने समस्याको अन्त्य भयो”

स्वास्थ्यकर्मीको समायोजन सगै चिकित्सक अभाब
स्वास्थ्यकर्मीको समायोजन संगै जिल्ला अस्पतालमा चिकित्सकको अभाव भएपछि यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ । कुनै समय ११ औँ तहको चिकित्सक सहित ३५ जना दर्वन्दि रहेको जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा गएपछि ९औँ तहका चिकित्सक सहित १८ दर्वन्दिमा खुम्चिएको छ । प्रदेश सरकारले समेत ९औँ तहका सहित दुई जना चिकित्सक यहि हप्ता भित्र पठाईसक्ने जनाएको छ । तर पनि माथिल्लो तहका सबै चिकित्सक करारमा हुने र तल्लो तहका कर्मचारी दर्वन्दिको हुँदा कस्को नेतृत्व रहने भन्ने अझै अन्यौल छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार