ठगी आरोपमा पक्राउ परेका रुप ज्योतिविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय

काठमाडौं । ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा व्यवसायी रुप ज्योतिविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ।

उनी विरुद्ध परेको उजुरीको आधारमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिललाई फाइल बुझाएपछि सरकारी वकिल कार्यालयले रुपज्योति विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो।

यसअघि जिल्ला अदालत काठमाडौँले यही विषयमा यो मुद्दा देवानी प्रकृतिको भएको हुँदा फौजदारी अभियोग आकर्षित नहुने निर्णय गरेको थियो।

जिल्ला अदालतको त्यही निर्णयलाई आधार मान्दै प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मुद्दा नचालउने निष्कर्षमा पुगेको हो।

उनलाई मुद्दा नचाउने निर्णय गरेपछि दरबार मार्ग प्रहरी वृत्तमा थुनामा रहेका रुपज्योति र उनकी छोरी सुरुची केहीबेरमा छुट्न लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार