सगरमाथा क्षेत्र घुम्न आएका फ्रान्सेली नागरिकको मृत्यु

सोलुखुम्बु : सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको सुतेकै ठाउँमा मृत्यु भएको छ । कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ बर्षिय फ्रान्सेली (पुरुष) नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्कीका अनुसार मंगलबार बिहान ६ः४५ मा खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ लबुचे स्थित नेस्नल पार्क होटलमा मृत भेटिएको हो । इलाका प्रहरी चौकी नाम्चेबाट घटना स्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुशन्धान गरेपछि डाईनेष्टिक हेलिकोप्टर मार्फत शबको पोष्टमाटम गर्न शिक्षण अस्पताल महारजगंज लगिएको छ ।

उनी एडभेन्चर प्रा.लि काठमान्डौ मार्फत खुम्बु भ्रमणमा आएका थिए । यो बर्ष चार जनाको सुतेकै ठाउँमा जान गईसकेको छ । लेक लागेर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार