सबै सल्लाहकारहरुलाई राजीनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिनुभएको छ । आज बालुवाटारमा सबै सल्लाहकारलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

नयाँ ढंगले काम गर्न सजिलो होस् भनेर प्रधानमन्त्री ओलीले सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिनुभएको हो । आवश्यक परे फेरि नियुक्त गर्न सक्ने गरी उहाँले सल्लाहकारलाई तत्कालका लागी राजीनामा दिन निर्देशन दिनुभएको बताइएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालय र सल्लाहकारको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार