भारतको नयाँ नक्साप्रति वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको आपत्ति

काठमाडौं :वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले भारतले सार्वजानिक गरेको नयाँ नक्सा प्रति आपत्ति जनाउदै प्रेस विज्ञप्ति जारी गरेको छ । उक्त पार्टीका संयोजक आहुतिको हस्ताक्षर रहेको विज्ञप्तिमा भारतले हाल सम्म नारी गरेको नक्सामा पश्चिम नेपालको कालापानी लिपुलेकदेखि महाकाली नदिको शिर लिपुलेक, लिम्पियाधुरासम्मको नेपाली भ–ुभागको नक्साभित्र राखिएको हर्कतको भर्सना गरिएको छ ।

त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका एक युवा नेता बुध्दिराम ठटालले भारतको रवैया प्रति नेपाली जनताले सहन सक्ने ठाँउ नरहेको बताउनु भएको छ ।

छिमेकी ठुला देशहरुको पेलानमा बसिरहनु पर्ने संस्कृतिकै अन्त्य गर्नु पर्ने उहाँको भनाइ छ । विगतका सबै सन्धि संम्झौताका कारण मुलुक झनै अफ्ठ्यारोमा पर्दै गएको र सबै नेपालीलाई जानकार हुदाँहुदै पनि अहिले सम्म सहेरै बसेको प्रतिक्रिया दिँदै सरकारले चाँडो भन्दा चाँडो कुटनितिक पहल गरी आफ्नो सिमाको सुरक्षा गर्नु पर्ने धारणा राख्नु भएको छ ।

अब सेनालाई आफ्नै जनता मार्नका लागि हैन सिमा सुरक्षाका लागि खटाउन सरकारले चाँडो पहल कदमी अगाडि सार्नु पर्नेमा समेत जोड दिनुभयो । उहाँले आफ्नो पार्टीले मुलुकको हितको लागि सदैव प्रतिबध्द रहने विस्वास व्यक्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार