सोलुखुम्बु : जिल्लामै पहिलोपटक अनाथ छात्राबासको शाखा स्थापना गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुमा केटाकेटी एमिनेयर नामक गैह्रसरकारी संस्थाले भवन निर्माण गरि असाय बालबाललिका आमा केन्द्र सञ्चालन गरेको हो ।
उक्त केन्द्रको बुधबार एक कार्यक्रमका बीच उद्घाटन समेत गरिएको छ । करिब रु. २ करोडको लागतमा भवन निर्माण गरि उक्त अनाथ असाय बालबालिका आमा केन्द्र सञ्चालनमा ल्याईएको एभिनेयरका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो । उक्त भवनमा ५० जना बालबालिका अटाउँन सक्ने क्षमता रहेको छ ।
ग्रामीण क्षेत्रमा स्थापना भएका यस्ता केन्द्रले कयौ असाय बालबालिकाको भविष्य उज्वल हुने योङ्ग स्टार क्लवका अध्यक्ष बुद्धिनारण श्रेष्ठले बताउँनुभयो । उहाँले भन्नुभयो, “हाल सम्म कुनैपनि निकाय बाट यो काम हुन नसकेको अवस्थामा गैह्रसरकारी संस्थाले गर्नु जिल्लाको हकमा ठुलो उपलब्धी हो ।”
टे«किङ व्यवसायमा रहँदा सोलुखुम्बुका ङवाङ दोर्जी शेर्पाले वि.स २०५५ सालमा काठमान्डौमा सञ्चालन गर्ने अनाथलय स्थापना गर्नुभएको थियो । सोही अनाथलय शाखाको रुपमा सोलुखुम्बु ल्याईएको शेर्पाको भनाई छ । अहिले यस केन्द्रमा ४५ जना बालबालिका आश्रीत छन् ।
ती बालबालिकालाई केटाकेटी एभिनेयर नामक संस्थाले सम्पुर्ण व्यवस्थापनको काम गरिरहेको संस्थाका अध्यक्ष पासाङ शेर्पाले बताउँनुभयो ।
“आफु पनि अनाथ भएकालेनै अनाथ बालबालिकाको क्षेत्रमा काम गरिरहेको छु ।” शेर्पाले भन्नुभयो, “यसरी काम गर्न पाउँदा सन्तुष्ट छुृ ।”
सोलुखुम्बु, हुम्ला, मुगु, रामेछाप, पर्वत, दाङ, दार्चुला, काठमाण्डौ लगायत जिल्लाका करिब २५ जना बालबालिकाले अनाथलयबाटै एसएलसी उत्तीर्ण गरि उच्च शिक्षा समेत लिई रहेकाछन् । सोलुदुधकुण्ड नगरपालिका उपमेयर कल्पना राईले सरकारले सञ्चालन गर्नुपर्ने ठाउँमा गैह्रसरकारी संस्थाको सहयोगमा व्यक्तिले सञ्चालन गर्नु गर्वको बिषय भएको बताउँनुभयो । उहाँले भौतिक पुर्वधारमा हरेक स्थानीय सरकारको ध्यान गएपनि यस्ता क्षेत्रमा ध्यान नगएको स्वीकार गर्दै, नगरपालिका सहित जिल्लाका थुप्रै अनाथ बालबालिकाले साहारा पाउने कुरामा आफु विश्वस्त रहेको बताउँनुभयो ।
शाखाको उद्घाटन गर्न आउँनुभएका सेलो गुम्बा सल्लेरीका प्रमुख लामा टुृल्कु पेमा थेर्चेन रेन्पोर्छेले अनाथ बालबालिकाको हितमा काम गर्नुनै सबै भन्दा ठुलो पुन्य हुने बताउँनुभयो । धार्मीक हिसाबले पनि सेवा गर्नुनै धर्म हुने भएकाले यहाँ सेवा संगै धर्म समेत हुने बताउँनुभयो ।