प्रधानमन्त्री ओलीको दोस्रो डाईलासिस आज गरिदै

काठमाडौं : ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मृगौलाको डायलासिस गरिँदैछ । बुधबार प्रधानमन्त्री ओलीको पहिलो डायलाइसिस गरिएको थियो भने दोस्रो पटक आज गरिने अस्पताल स्रोतले जनाएको छ ।

दोस्रो डायलासिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउनेछ । स्वस्थ मिर्गौलाले रगतमा रहेका हानिकारक तत्व छान्ने काम गर्छ । पानी वा रगत हालेर डायलासिस मार्फत् रगतको विकार सफा गरिन्छ । प्रधानमन्त्री ओलीलाइ अस्पतालको १४ औं तलामा राखिएको छ ।

प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो । पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको चिकित्सकले बताएका छन् । शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार