सोलुखुम्बु : खुम्बु क्षेत्रको भ्रमणमा आएका एक बिदेशी नागरिकको सुतैको ठाउँमा मृत्यु भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
मंगलबार विहान ६ः३० बजेको समयमा खुम्जुङ स्थीत दि हिमालयन चेन रिसोर्टमा सुतिरहकैे अवस्थामा ५४ बर्षिय जेसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्युको कारण भने खुल्न सकेको छैन । शवको मंगलबारै कानुनी प्रकृया पुरा गरी हेलिकोप्टर मार्फत काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।