सोलुखुम्बु : नेपाल तरुण दल सोलुखुम्बुले नेचा सल्यान १ ख्यामपुका अग्नीपिडीतलाई सहयोग रकम हस्तान्तरण गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा तरुण दलले अग्नीपिडीत चन्द्रप्रकाश कोइरालालाई एक कार्यक्रमका बीच नगद २५ हजार रुपैँया सहयोग प्रदान गरेको हो ।
तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोककुमार झाले उपलब्ध गराएको उक्तक सहयोग रकम कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसी, नेकपा जिल्ला अध्यक्ष मानवीर राई, संघीय समाजबादी नेपालका जिल्ला अध्यक्ष नरेन्द्र थापामगर र तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक कुमार झाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ । रकम प्रदान गर्दै अध्यक्ष झाले सबैले भाषण भन्दा जनताको नजिकमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सोमबार बिहान दुई बजे विद्युत सर्ट भई आगलागी हुँदा कोइरलाको ढुङ्गा, माटोले बनेको पसल सहितको तीनतले घर जलेर नष्ट भएको थियो । आगलागीबाट हुँदा करिब ९८ लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरको छ । प्रहरीका अनुसार घरभित्र रहेको काठपात, लत्ता कपडा, भाडावर्तन लगायतका सामाग्री जल्दा कोइरालाको ४० लाख रुपियाँको क्षती भएको हो । यस्तै सोही घरमा रमेश कुमार राईले सञ्चालन गर्दै आएको कपडा पसल समेत जलेर नष्ट हँुदा ५८ लाख रुपैँया बराबरको क्षति भएको अनुमान गरिएको छ ।
चाडपर्वले दलहरु बीच भाइचारा कायम गर्छ : पुर्व मन्त्री केसी
नेपाली कांग्रेस सोलुखुम्बुले चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम आयोजना गरेको छ । नेपालीहरुको महानचाड दशैं, तिहार, छठ, ल्होसार, उधौली, क्रिसमस लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान गरेको हो ।
सदरमुकाम सल्लेरीको समीक्षा हलमा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बलबहादुर केसीले दलहरुबीच एकता कायम गर्दै आपसी भाईचरा कायम गर्नमा यस्ता कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले दलहरु एक भएर सविधान कार्यन्वयनमा लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राईले जिल्लाको विकासमा सबै एकजुट हुनुपर्ने बताउँनुभयोे ।
संघीय समाजवादीका अध्यक्ष नरेन्द्र थापामगरले दलहरु बीच एक आपसमा आपसी मेलमिलाप काययम भई अघि बढेमा राष्ट्र निर्माणमा टेवा पुग्ने बताउनुभयो । नेपाली कागं्रेस सोलुखुम्बुका सभापति विनोदबाबु बस्नेतले विपिले सुरु गरेको मेलमिलापको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढेको दाबी गर्नुभयो ।