रामेछाप : सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लातर्फ उडेको उक्त टुइनअट्टर विमान दुर्घटनाबाट जोगिएको हो ।
बिमानको पंखामा चरा ठोक्किएपछि सोही बिमान्स्थमा आकस्मिक अवतरण गराइएको मन्थली बिमानस्थलको कार्यालय रामेछापले जनाएको छ ।
शनिबार बिहान १३ जना विदेशी पर्यटक यात्रु र तीन जना चालक दलका सदस्यसहित उडेको सीता एयरको ९ एन–आई–ई विमानको पंखामा चरा ठोक्किएको बताइएको छ । तत्कालनै चालकदलका सदस्यले चरा ठोक्किएको थाहा पाएपछि आकस्मिक अवतरण गराइएको नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिए ।