अन्तराष्ट्रिय स्तरको माउन्टेन सेक्युरिटी तालिम सकियो

सोनाम याङ्जी शेर्पा
काठमान्डौ : माउन्टेन सेक्युरिटी तथा प्राथामिक उपचार सम्बन्धि अन्तराष्ट्रिय स्तरको बिशेष तालिम सञ्चालन गरिएको छ । हिमाली क्षेत्रको पदयात्रमा जाँदा हुन सक्ने विभिन्न किमिसको समस्याबाट बच्ने उपाय बारे जानकारी दिने उदेश्यले उक्त तालिम आयोजना गरिएको हो ।
सेप्टेम्बर २६ र २७ का दिन नेपाल माउन्टेन एकेडेमीको हलमा सञ्चालन भएको उक्त तालिममा आईस हिमालयका फ्रेन्च र मेडीसिटी हस्पिटलका डाक्टरहरुले सहजीकरण गरेका थिए ।
तलिममा कलाईम्बिङ गाईड, कलाईम्बिङ शेर्पा र ट्रेकिङ गाईडहरुको सहभागीता रहेको थियो । तालिम सकेपछि महामहिम फ्रेन्च राजदुत फ्रान्थिसको जेभिएर जेगरले प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए । नेपाल माउन्टेन एकेडेमीका अध्यक्ष ल्हक्पा पुटी शेर्पाले उद्घाटन गर्नुभएको तालिम समापन समारोहमा टानका अध्यक्ष खुमबहादुर सुवेदीको समेत उपस्थिति रहेको थियो ।
शेर्पा पर्यटन व्यवसायी संघ नेपाल र सगरमाथा आरोही संघको आयोजनामा भएको सो तलिममा ३८ जनाको सहभागीता रहेको थियो । तालिम पछि हिमाली क्षेत्रको पदयात्रामा हुन सक्ने विभिन्न किसिमको समस्याको समना गर्न तथा बच्ने उपायको बारेमा जानकारी भएको सहभागीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार