अचम्म आकाशबाट खस्यो १० किलोको ढुंगा, हेर्न जानेको घुइँचो -फोटो सहित

भारतमा अचम्म तरिकाले आकासबाट एउटा ढुंगा खसेको स्थानीयबासीले बताएका छन् । सीमावर्ती क्षेत्र विहारको मधुवन्नीमा १० किलोको ढुंगा खसेको स्थानीयबासीहरुले बताएका हुन् ।

मधुवन्नी जिल्लाअन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको ढुंगा हेर्न सरकारी अधिकारीहरु पनि पुगेका छन् । सो ढुंगामा चुम्बकीय शक्ति रहेको अधिकारीहरूले बताएका छन् । ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

हिन्दूस्तान दैनिकका स्थानीय संवाददाता रोशन कुमारले सोमबार नेपाली समयअनुसार मध्यान्ह १२ बजेर १५ मिनेटमा ढुंगा खसेको बताए । ढुंगा खस्दा ठूलो आवाजसँगै धुँवा पनि देखिएको थियो ।खेतमा काम गर्ने मजदूरहरु डरले भागेका थिए । धुवाँ बन्द भएपछि श्रवण यादव नाउँका एक मजदूरले आकाशबाट खसेको वस्तु ढुंगा भएको थाहा पाए ।

ढुंगा ५ फिट माटोमा भासिएको थियो । घटनाको जानकारी पाउनसाथ सो क्षेत्रका सीओ त्रिपुरारी श्रीवास्तव र प्रखण्ड प्रमुख वरुण कुमार बिहारी पनि घटनास्थल पुगेका थिए ।

अहिले सो ढुंगालाई प्रहरीले राखेको छ । मधुवन्नीका डिएम कपिल अशोकले ढुंगा अहिले प्रहरीसँग रहेको र छिट्टै सम्बन्धित विशेषज्ञकहाँ पुर्याइने जानकारी दिए ।जीवनमा यस्तो ढुंगा आफूले कहिले नदेखेको महराज महेश ठाकुर कलेज दरभंगाका प्राध्यापक चन्द्रमोहन झा पडवाले बताए । ढुंगा खसेको जानकारी पाउनसाथ आफू ढुंगा रहेको क्षेत्रमा गएको उनले बताए ।

मधुवन्नीमा रहेका सरकारी क्याम्पसका भूगोल विभागका अध्यक्ष डा। शशी भूषण प्रसादका अनुसार यो समान्य ढुंगा होइन । यति ठूलो, त्यसमा पनि चुम्बकीय गुण हुनुले ढुंगालाई असामान्य देखाएको उनको भनाइ छ । यो ढुंगालाई अनुसन्धानका लागि दिल्ली प्रयोगशालामा पठाउन उनले अधिकारीहरुसँग माग गरे । बीआरए विश्वविद्यालय भौतिक विभागका विभागाध्यक्ष डा। विजय कुमारले म्याग्नेटिक प्रपर्टी हुनसक्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार