काठमाडौं, २८ असार । नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले सामाजिक सञ्जालहरुमा बाढीको फोटो हाली पानीजहाज भन्दै लेखी मनाविय समवेदनासँग खेलबाड गर्नेलाई साइबर क्राइम अन्तर्गतको कारबाही गर्न माग गरेका छन् ।
बिहिबार संसदमा बोल्दै बस्नेतले भने – ‘एउटा मानवीय समवेदना भन्ने कुरा हुन्छ नी । बाढी तस्विर सामाजिक सञ्जालमा हालेर पानीजहाज बन्दै खिसीटिपी गर्दै मानवीय संवेदनामाथि खेलवाड गर्नेलाई सञ्चार मन्त्रालयले कडा कारबाही गर्नु पर्छ।’
आज संसदमा बिषय बोल्दै उनले भक्तपुरमा सडकमा बाढी आएको तस्विरहरु फेसबुक र ट्वीटरमा हालेर पानी जहाजको कुरा गर्दै मानवीय संवेदनामाथि खेलबाड गरिएकोमा दुख व्यक्त गरे । ‘जनताहरु बाढीमा फँसेका छन्, पिडा छन्, केही ज्यान समेत गुमाईसकेका तर केही मानिसहरु भने उद्धारमा जानु र साटो फोटो खिचेर पानीजहाज आएछ भनेर उडाइरहेका छन्’, उनले भने।
उनले सक्ने भए भक्तपुर र देशभर बाढीले आक्रान्त भएका नेपालीलाई सहयोग गर्न र नसक्ने भए मनविय समवेदनामा खेल्दै पिडामा झन् पिडा थप्ने काम नगर्न सबैलाई आग्रह गरे।
केहि आक्रोशित हुँदै सांसद बस्नेतले भने, यो वाहियात कुरा गर्नेलाई कारबाही गरिनु पर्छ । साइबर क्राइमलाई कडा ढंगले लागू गर्नैैपर्छ ।’