सोलुखुम्बु : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सोलुखुम्बुको बैठक मंसिर ७ गते बस्ने भएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समितिले मंसिर ७ गते जिल्लास्तरीय बैठक तथा प्रशिक्षण गर्ने संयोजक नाम्गेल शेर्पाले जानकारी दिनुभयो ।
बैठक जिल्ला समन्वय समितिको सभाहलमा बिहान १० बजे बस्ने गरि तय भएको छ । बैठकमा केन्द्रिय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य, प्रदेश समिति सदस्य, जिल्ला समन्वय समितिका सदस्य, केन्द्रिय सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मन्चका केन्द्रिय सदस्यहरुलाई अनिवार्य उपस्थीतीका लागि अनुरोध गरिएको छ । यस्तै नगर तथा गाउँपालिका समितिका पदाधिकारीहरु, प्रदेश सल्लाहकार, सोलुखुम्बु काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्षहरुलाई उपस्थिीती रहने जनाएको छ ।