सोलु दुधकुण्ड नगरपालिकाले ७९.७ प्रतिशत वितिय प्रगती हासिल गर्यो

सोलुखुम्बु : सोलु दुधकुण्ड नगरपालिकाले ७९.७ प्रतिशत वितिय प्रगती हासिल गरेको छ । सोलु दुधकुण्ड नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक समिक्षा बैठकमा उक्त प्रतिवेदन प्रस्तुत गरिएको हो । यस्तै भौतिक प्रगती तर्फ सडक नयाँ ओपनमा ३०.१२ किलोमिटर, १९.४३ किलोमिटर सडक सोलिङ र २२ कलिोमिटर स्तरउन्नोती भएको नगरप्रवक्ता फ्र्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

यस्तै ६ वटा गुम्बा मर्मत, १० वटा सामुदायिक भवन, २९ वटा खानेपानी आयोजना मर्मत गरेको, १७ वटा काठे पुल निर्माण गरेको र ८ वटा सडक सरसफाई तथा १२ किलोमिटर साइड विस्तार गरेको उल्लेख गरिएको छ । यस्तै एउटा झोलुंगे पुल र २ वटा स्टिल ब्रिज निर्माणधिन अवस्थामा रहेको नगरपालिकाले जनाएको छ । यस्तै ७४ करोड ८० लाख ३ हजार ४१० मध्ये यर्थात आम्दानी ६९ करोड ६५ लाख १७ हजार ८६५ भएको उल्लेख गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार