प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न महासंघको माग

सोलुखुम्बु : नेपाल आदिवासी जनजाति महासंघले प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न माग गरेको छ । महासंघले काठमाडौँको भीमसेनगोलास्थित संघीय परिषद्को कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी यस सम्बन्धमा सरकारको समेत ध्यानाकर्षण गराएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले सोलुखुम्बु जिल्लाको महाकुलुङ, सोताङ र माप्या दुधकोशी गाउँपालिमा कार्यपालिकास्तरीय र वडास्तरीय छलफल गर्दा नयाँ राष्ट्रिय निकुञ्ज निर्माण हुने सम्बन्धमा त्यस क्षेत्रका स्थानीय जनता र जनप्रतिनिधिसँग समेत परामर्श नगरिएको बताएको जानकारी गराउनुभयो ।

यसैगरी महासंघका महासचिव दिवस राईले शुक्रबार बिहान वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई सिंहदरवारमा भेटेर प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गराउने सम्बन्धी ज्ञापन पत्र बुझाइएको जानकारी दिनुभयो । ज्ञापन पत्र बुझ्दै मन्त्री शाहीले पनि आवश्यक सरसल्लाहबिना निकुञ्जको काम अघि नबढाइने धारणा राखेको महासचिव राईले बताउनुभएको छ । राईका अनुसार करिब चार वर्षअघि आर्थिक वर्ष २०७७÷०७८ मन्त्रालयस्तरबाट उक्त राष्ट्रिय निकुञ्ज निर्माणको काम विभिन्न स्तरमा समिति बनाएर सुरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार