क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माणका लागि जाइकाको टोलीद्वारा निरीक्षण

काभ्रेपलाञ्चोक – गएको असोज दोस्रो हप्ताको बाढी पहिराबाट क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले स्थलगत अवलोकन शुरू गरेको छ ।

दुई पटक अवलोकन–निरीक्षण गरेको जाइकाको टोलीले आउँदो डिसेम्बरको पहिलो हप्तासम्म प्रतिवेदनसहित निर्णय दिने बताएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो । बीपी राजमार्गको पुनः निर्माणको लागि सरकार जाइकाको निर्णयको पर्खाइमा रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग भेट गरी बीपी राजमार्ग पुनःनिर्माणबारे छलफल गर्नुभएको थियो । जाइकाले पुनःनिर्माण नगर्ने निर्णय गरेमा आफूले तत्कालै शुरू गर्ने कार्यालय प्रमुख सुमन योगेशले बताउनुभयो ।

बीपी राजमार्गअन्तर्गत बाढीले बगाएको सडक पुनःनिर्माण गर्न सात अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको सडक खण्डको धेरैजसो सडक क्षतिग्रस्त छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार