थुलुङ दुधकोशीबाट नवजात शिशु सहित सुत्केरीको उद्धार

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी अस्पतालबाट दुई नवजात शिशुसहित सुत्केरी महिलाको उद्वार गरिएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका २ कि २४ वर्षीया सुत्केरी रुपा सार्कीको राष्ट्रपति उद्वार कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टर मार्फत आज काठमाडौ पठाइएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
रुपाले गएराती ९ः३१ र ९ः३६ मा जुम्ल्याहा छोराहरुलाई जन्म दिनुभएको थियो । समय अगावै शिशुको जन्म भएको र तौल समेत कम हुँदा आइसियु आवश्यक परेकाले काठमाण्डौँ पठाउनुपरेको गाउँपालिका प्रवक्ता कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार