साेलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले हिंसा न्यूनीकरणको लागि व्यक्ति सक्षम र सबल हुनुपर्ने बताउँनुभयो । ३२ औँ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आइतबार समापन गर्दै अध्यक्ष राईले आर्थिका तथा सामाजिक हिसाबमा सबल भएको खण्डमा हिंसा कम हुने भन्दै हरेक व्यक्तिले हिंसा नगर्ने प्रतिज्ञा गर्नुपर्ने बताउँनुभयो ।
यस्तै गाउँपालिका उपाअध्यक्ष सविता राईले नेपाली सामाजमा महिला र बालबालिका मात्रै हिंसामा नपरेको भन्दै पछिल्लो समय पुरुष पनि हिंसामा पर्ने गरेको बताउँनुभयो । हरेक व्यक्ति सचेत नभएसम्म समाजमा लैंगिक हिंसाको अन्त्य हुन कठिन रहेको भन्दै उपाअध्यक्ष राईले अभियानले ठुलो महत्व राख्ने बताउँनुभयो ।
गाउँपालिकाको केन्द्र मुक्लीमा ¥याली सहित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।