काठमाण्डौँः लायन्स क्लव अफ नेपाल शेभ हिमालयको अध्यक्षमा आङ पेम्बा शेर्पा सर्वसम्मत चयन भएको छ । शनिबार राजधानीमा आयोजित ईन्डक्सन तथा ईन्सटलेसन कार्यक्रमबाट शेर्पालाई अध्यक्षमा चयन गरिएको हो । लायन्स क्लव अफ नेपाल लाईन्स क्लव ईन्टरनेशनल नेपाल डिष्ट्रिक गभर्नर दिपक कृष्ण प्रजापति प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले आङ पेम्बा शेर्पाको नेतृत्वमा क्लव डाईरेक्टर वाङचु शेर्पा, वरिष्ट उपाध्यक्षमा राजेश्वरी मगर शेर्पा, प्रथम उपाध्यक्षमा देण्डी शेर्पा, दृतीय उपाध्यक्षमा वेनी हेज्यू, सचिवमा छिरिङ शेर्पा, कोषअध्यक्ष कामी शेर्पा, सर्विस चियर पर्सनमा लाक्पा देण्डी शेर्पा, मार्केटिङ चियर पर्सनमा कर्मा शेर्पा, मेम्बरसिप चियर पर्सनमा छम्जी शेर्पा, CLIF coordinator मा छोकी शेर्पा सहित सदस्यहरु चयन गरिएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य क्लवका अध्यक्ष माया शेर्पाले राख्नु भएको थियो । स्वागत मन्तव्य राख्ने क्रममा शेर्पाले रक्तदान कार्यक्रम, आर्थिक अवस्था कमजोर भएका विरामीहरुलाई आर्थिक सहयोग गर्ने, दैविक प्रकोपमा परेकाहरुलाई सहयोग गर्ने, सरसफाई गर्ने, वृक्षरोपण गर्ने, हाईकिङका कार्यक्रमहरु आयोजना गर्ने लगायतका कार्यहरु गर्दै आई रहेका बताउनु भयो ।
लाईन्स क्लव ईन्टरनेशनल नेपाल डिष्ट्रिक गगभर्नर दिपक कृष्ण प्रजापतिले विशेष गरेर हिमाल आरोहीहरुको संस्था रहेको लायन्स क्लव अफ शेभ हिमालयले छुट्टै आफ्नो पहिचान स्थापित गर्न सक्ने बताउदै लायन्सको उद्देश्य अनुरुप कार्यहरु गर्नु पर्ने बताउनु भयो । नव निर्वाचित र नयाँ प्रवेश गरेका सदस्यहरुलाई सपत ग्रहण गराउर्दै आफ्नो क्लवलाई सफल बनाउन सबै एक जुट भएर अघि बढ्नु पर्ने वताउनु भयो ।
कार्यक्रममा लाईन्स क्लव ईन्टरनेशनल नेपाल डिष्ट्रिक गभर्नर दिपक कृष्ण प्रजापति, लायन्स क्लव इन्टरनेशनल नेपालका फस्र्ट डिष्ट्रक गभर्नर कमल कायास्था, सेकेन्ड डिष्ट्रक गभर्नर विधान जोसी, लायन्स क्लव अफ सेभ हिमालयका चार्टर प्रेसिडेन्ट ङावा ङिमा शेपा लगायतको सहभागीता रहेको थियो ।
लायन्स क्लव अफ शेभ हिमालयनले रक्तदान कार्यक्रम, आर्थिक अवस्था कमजोर भएका विरामीहरुलाई आर्थिक सहयोग गर्ने, दैविक प्रकोपमा परेकाहरुलाई सहयोग गर्ने, सरसफाई गर्ने, वृक्षरोपण गर्ने, हाईकिङका कार्यक्रमहरु आयोजना गर्ने लगायतका कार्यहरु गर्दै आई रहेको छ ।