ओखलढुंगाको हर्कपुर नजिकै जीप दुर्घटना, ६ जना गम्भिर

काठमान्डौ : ओखलढुंगाको हर्कपुर नजिकै जीप दुर्घटना भएको छ । ओखलढुंगाबाट धरानको लागि छुटेको प्रदेश १०७–००१ ज ००१५ नम्बरको जीप विहान १०:४० बजेकाे समयमा हर्कपुर नजिकै दुर्घटना भएको प्रत्यक्षदर्शी लिला तामाङले जानकारी दिनुभयो ।

प्रत्यक्षदर्शी तामाङका अनुसार सडकको बीचमा जीप पल्टिएको छ भने ६ जना गम्भिर घाईते भएका छन् । १४ जना यात्रु सवार रहेको बुझिएको छ घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी छ । अहिले उद्वारको काम भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार