कुलुङ्ग शेर्वी किदुकद्वारा एसईई उर्तीर्ण विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने

सोनाम याङजी शेर्पा

काठमाडौं, कुलुङ्ग शेर्वी किदुकद्वारा विभिन्न शीर्षकमा पुरस्कारको घोषणा गरेको छ । नेपाल अधिराज्यभरिको सरकारी विद्यालयबाट २०७९ सालमा एसईई उत्तिर्ण गर्ने कुलुङ्ग भेगका शेर्पा विद्यार्थीहरुका लागि पुरस्कारको घोषणा गरिएको हो । उत्कृष्ट अंक ल्याउने ३ जना विद्यार्थीहरुलाई कुलुङ्ग शेर्वी किदुकको ११औं वार्षिक साधारण सभामा छात्रवृत्ति पुरस्कार प्रदान गरिने किदुगका अध्यक्ष ङिमा नुर्वु शेर्पाले जानकारी दिनु भयो ।
छात्रवृत्ति पुरस्कार प्राप्त गर्नका लागि सम्बन्धित विद्यार्थीहरुले वि.स. २०७९ साउन २२ गतेभित्र आवेदन दिई सक्नु पर्ने पनि शेर्पाले जानकारी दिनु भयो । किदुगले प्रथम पुरस्कार स्व. आङ बावु शेर्पा स्मृति विद्या पुरस्कार रु. ५०,०००÷– द्वित्तीय पुरस्कार स्व. ङातेम्बा शेर्पा स्मृति विद्या पुरस्कार रु. ३०,०००÷– र तृत्तीय पुरस्कार स्व. फुरतेन्जी शेर्पा स्मृति विद्या पुरस्कार रु. २०,०००÷– का दरले पुरस्कार दिन लागेको पनि अध्यक्ष शेर्पाले जानकारी दिनु भयो ।
पुरस्कार प्राप्त गर्नका लागि सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं. १ अन्तर्गतको खिरौले, चेरेम, नाजिङ र गाईखर्क; वडा नं. ३ अन्तर्गतको ममेर्कु र बोक्सुवार; सोताङ गाउँपालिका वडा नं. २ अन्तर्गतको चेपेल र जुके र माप्य दुधकोशी वडा नं. ७ अन्तर्गतको फुर्से गाऊँहरुका बासिन्दाहरु साथै उक्त गाऊँहरुसँग पहिचान जोडिएका नेपालको कुनै पनि ठाऊँमा बस्ने, कुलुङ्ग शेर्वी किदुकको सदस्यता ग्रहण गर्ने योग्यता भएका व्यक्तिहरु उक्त छात्रवृत्ति पुरस्कार कार्यक्रममा सहभागी हुन सक्ने बताएको छ ।
पुरस्कार यहि मिति २०७९ साउन २७ गते काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा हुने ११औं वार्षिक साधारण सभामा छात्रवृत्ति पुरस्कार प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार