नेपाल बौद्ध महासंघको छैटौँ महाधिवेशन सम्पन्न, बौद्ध शिक्षा प्रयाप्त नरहेको अध्यक्ष शेर्पाको बनाई

सोनाम याङजी शेर्पा

काठमाण्डौँ, नेपाल बौद्ध महासंघका छैटौँ महाधिवेशन सम्पन्न भएको छ । सोमबार राजधानीको चुच्चेपार्टी स्थित स्मार्ट पार्टी प्यालेसमा विशेष कार्यक्रमको आयोजना गरी महाधिवेशन सम्पन्न भएको हो । गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले अध्यक्षमा खेन्पो कमल भण्डारीलाई चयन गरिएको छ । छैटौँ महाधिवेशनले खेन्पो भण्डारी सहित १३ सदस्यको नयाँ कार्यसमिति चयन गरेको छ ।
महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै गृहमन्त्री खाणले बौद्ध शिक्षाले दिगो शान्ति स्थापनामा गर्नमा ठुलो भूमिका खेल्ने भएकोले जनसमुदायसम्म बुद्धको शिक्षालाई पुर्याउनु पर्नेमा जोड दिनु भयो । त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन, कला, साहित्य, इतिहासलाई थप व्यापक रूपमा अध्ययन, अध्यापन र अनुसन्धान केन्द्रको रूपमा विकास गर्दै बोद्ध शिक्षालाई बृहत बनाउनु पर्ने बताउनु हुदै यसका लागि मन्त्रलायको तर्फबाट गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
महाधिवेशनको उद्घाटन सत्रमा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीय, प्रतिनिधि सभा सदस्य संसद जीप छिरिङ लामा, संघीय संसद पाल्देन छोपाङ गुरुङ्ग, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा। ह्दयरत्न बज्राचार्य, सभासद श्याम श्रेष्ठ, शिक्षा विद् डा. विद्यानाथ कोइराला, गण्डगी प्रदेश संसद इन्द्र धारा, महासंघका सल्लाकार डा. घनश्याम गुरुङ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
महाधिवेशनमा महासंघका तत्कालिन अध्यक्ष आचार्य नुर्वु शेर्पाले बुद्ध जन्मेको देश भनेर प्रचार गर्न पछि नहट्ने देशमा बौद्ध शिक्षा अध्ययनलाई प्रथामिकता नदिएको बन्दै यसलाई विशेष प्रथामिकता साथ अघि बढ्नु पर्ने र नेपालका विश्व विद्यालयहरुमा भएका बौद्ध शिक्षा प्रयाप्त नरहेको हुदा यसलाई बृहत बनाउनु पर्ने बताउनु भयो ।
महाधिवेशनबाट भोट भाषाको संरक्षण, संवर्द्धन, विकास, बौद्ध गोन्पा शिक्षाको नीति निर्माण तथा पाठ्यक्रम पाठ्यपुस्तक लेखन र नेपाल बौद्ध महासंघलाई विभिन्न क्षेत्रमा सहयोग गर्नु हुनेहरूलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।
बौद्धधर्मालम्वीहरुको हक, हित, अधिकारलाई स्थापित गर्दै बाद्ध शिक्षालाई बिस्तार गर्ने संस्था महासंघको नव निर्वाचित कार्य समितिमा उपाध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे जिन्पा), महासचिव टिम्बर सिङगी लामा (खेन्पो कर्मा लेग्जीन) सचिव पेमा दोन्देन गुरुङ, कोषाध्यक्ष पेमा दोर्जे तामाङ रहनु भएको छ । त्यसै गरी समितिको सदस्यमा जिग्मे लोसाल लामा, पासाङ डोमा शेर्पा, राजु गुरुङ, टसी साङमो गुरुङ, छोक्यी शेर्पा, आचार्य किशोर तामाङ, मिङमार मगर र साङ दोर्जे लामा रहनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार