काठमाडौं :जिल्लाको थुलुङ दूधकोशी गाँउपालिकाको अध्यक्ष र उपाध्याक्ष दुवैमा नेकपा (माओवादी केन्द्र) विजय भएको छ । अध्यक्षमा माओवादीका असिम राई र उपाध्यक्षमा सविता राई निर्वाचित भएका हुन् ।
आइतबार साँझ सम्पन्न मत गणना अनुसार ४,०४९ मतका साथ थुलुङ दूधकोशीको अध्यक्षमा पुनः असिम राई निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी सविता राईले ३,८०० मतका प्राप्त गर्दै निर्वाचित हुनु भएको हो । यस अगाडि उहाँ नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
नेपाली कांग्रेसका वीर बहादुर गुरुङले ३,५११ मत प्राप्त गर्नु भएको थियो भने ,नेकपा (एमाले)का आङ बाबु राईले १,६०१ मत प्राप्त गर्नु भएको थियो । उपाध्यक्षमा नेपाली कांग्रेसका एककुमारी बस्नेतले ३५२३ मत र एमालेकी एमालेकी कल्पना गिरीले १७४६ मत प्राप्त गर्नु भएको छ ।