काठमाडौं । आसन्न स्थानीय चुनावमा आफ्ना उम्मेदवारलाई विजयी गराउन नेकपा एमाले भोजपुर – काठमाडौं सम्पर्क मञ्चले प्रदेश तथा गाउँरनगरस्तरीय कमिटी गठन गरेको छ । सम्मेलनका प्रमुख अतिथी संविधानसभा सदस्य एवम पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले साल्पासिलिछो गाउँपालिका सम्पर्क मञ्चका उपाध्यक्ष ओङ्छु शेर्पालाई पार्टी झण्डा हस्तान्तरण गर्दै सगरमाथाको सफल आरोहणको शुभकामना दिए ।
प्रमुख अतिथि शेर्पाले २०७४ मा नेकपा एमाले भोजपुर निर्वाचन क्षेत्र (क)बाट प्रदेशसभा सदस्य उम्मेदवार दावा शेर्पा सहित माओवादी केन्द्रबाट ७ र नेपाली काङ्ग्रेसबाट ४ जनालाई टिका लागाई पार्टी प्रवेश गराए । भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री कृपा सुर शेर्पाले पाँच दलीय गठबन्धनलाई परास्त गरेर एमालेका उम्मेदवारलाई सबै स्थानीय तहमा जिताउन तत्काल गाउँ गएर आक्रामक रूपमा लाग्न आग्रह गरे । भेलालाई समापन गर्ने क्रममा अध्यक्ष फुर्बा तेन्जिङ शेर्पाले एक महिनाको समयमा मञ्चले जिल्लाको ८ औ अधिवेशनको राजनीतिक तथा सांगठनिक प्रतिवेदन दश हजार प्रति प्रकाशनमा एक लाख पचास हजार सहयोग, षडानन्द नगरपालिका-२ का आगलागी पीडित सन्तरात आचार्यको परिवारलाई आर्थिक सहयोग रु. २०,००० र षडानन्द नगरपालिका-४ मिर्गौला पिडित बिर बहादुर तामाङलाई पनि ४१,००० उपचार लागि आर्थिक सहयोग जस्ता बिभिन्न कार्य मञ्चले गरिसकेको बताए ।
अध्यक्ष शेर्पाले प्रदेश र गाउँरनगर कमिटीका अध्यक्ष र सदस्यहरुको नाम घोषणा गर्नुका साथै काठमाडौंमा रहेका भोजपुरे र कमिटीका सदस्यहरूलाई गाउँ फर्केर चुनावी अभियानमा जुट्न आव्हान गरे । शेर्पाले चैत्र २६ गते राष्ट्रिय सहिद पार्क जगडोल गोकर्णमा आयोजन हुने बृहत वनभोज कार्यक्रमलाई भब्य रुपले सफल पार्न सहयोग गर्न समेत अनुरोध गरे । सम्मेलनमा १ नं प्रदेश कमिटी सचिवालय सदस्य राजकुमार दंगाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष रोशन बस्नेत, प्रदेश सम्पर्क कमिटी उपाध्यक्ष खण्डमान राई, सचिब नवराज घिमिरे लगायत नेकपा एमाले सम्बद्ध विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थित थिए ।