विशेष अदालतले थुनुवा बाहेकका सबै सेवा ग¥यो स्थगित

काठमाडौं:  विशेष अदालतमा अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो ।

विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको कामकारवाही मात्रै गर्नेछ । अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु निकै सीमित संख्यामा छन् । आरोपपत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेश बाहेक अरु न्यायिक काम हुने छैन । विशेष अदालतले आरोपपत्र दर्ताको काम भने जारी राख्ने जनाएको छ, ।

विशेषले थुनुवाई बाहेकका सबै मुद्दाको सुनुवाइ रोकेको छ । पेशी र अरु तारिख दिने काम पनि नगर्ने भएको छ । हाजिर हुन आउने निवेदन पनि नलिने भन्दै अदालतको सूचनामा भनिएको छ, ‘ यस अदालतमा कार्यरत केही कर्मचारी एवं नियमित बहस पैरवीमा उपस्थित हुने केही सरकारी वकिल र कानून व्यवसायीसमेत संक्रमित हुनुभएका र अन्यसमेत संक्रमितको सम्पर्कमा रहन पगेको परिस्थितिमा नियमित कार्यसंचालन गर्दा थप सरोकारवालामा समेत प्रत्यक्ष जोखिम हुन सक्ने परिस्थितिको मूल्याङ्कन गरी आवश्यक सावधानी अपनाउनु पर्ने भएकोले यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार