सल्लेरीमा जारी भलिबल प्रतियोगिताको फाइनल खेल भाेलि

सोलुखुम्बु : सल्लेरीमा जारी प्रदेश नं. १ महिला तथा सोलुखुम्बु जिल्ला स्थानीय तह समान राशी भलिबल प्रतियोगिताको पुरुष तर्फ नेचासल्यान गाउँपालिका र निश्चल निशानी निर्माण सेवा सोताङ फाइनलमा प्रवेश गरेका छन् । यस्तै महिला तर्फ जिल्ला खेलकुद बिकास समिति खोटाङ र जिल्ला खेलकुद बिकास समिति ओलढुंगा फाइनलमा प्रवेश गरेको भलिबलका अन्तराष्ट्रिय रेफ्रि बिकास गुरुङले जानकारी दिनुभयो ।

बुधबार सम्पन्न सेमिफाइलन खेलमा पुरुष तर्फ माप्यदुधकोशीलाई पराजित गर्दै र सोलुदुधकुण्डलाई हराउँदै निश्चल निशानी निर्माण सेवा फाइनलमा प्रवेश गरेको हो । यस्तै काकु समावेशीलाई हराउँदै जिल्ला खेलकुद बिकास समिति र थुलुङदुधकोशीलाई हराउँदै जिल्ला खेलकुद बिकास समिति ओखलढुंगा फाइनलमा प्रवेश गरेका हुन् । अन्तराष्ट्रिय रेफ्रि गुरुङका अनुसार भोलि बिहान ७ बजे देखि फाइनल चरणका खेलहरु सुरु हुनेछन् । भोलिको खेलमा पुरुष तर्फ माप्यदुधकोशी र सोलुदुधकुण्ड नगरपालिका तृतीय स्थानको लागि भिड्ने छन् भने नेचासल्यान र निश्चल निशानी निर्माण सेवा सोताङ प्रथम उपाधिकोलागि खेल्नेछन् ।

यसतै महिला तर्फ काकु समावेशी र थुलुङदुधकोशी तृतीय स्थानको लागि खेल्दा जिल्ला खेलकुद विकास समिति खोटाङ र ओखलढुंगा प्रथम उपाधिको लागि खेल्नेछन् । प्रतियोगितामा प्रथम हुने महिला पुरुष दुवै समुहले समान पुरस्कार रकम १ लाख ५० हजार, १ लाख र ५० हजार नगद प्राप्त गर्ने क्लवका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार