बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : जिल्लाको सदरमुकाम सल्लेरीमा आफ्नै बाबुले छोराछोरीमाथी एसिड प्रहार गरि घाइते बनाएका छन् । सोलुदुधकुण्ड नगरपालिका-५ वसन्त बजारमा करिब ५५ वर्षीय मोहन बराइलीले छोराछोरी माथि एसिड प्रहार गरि घाइते बनाएका हुन् ।

सोमबार राति करिब ८ : ४० बजेको समयमा मादक पदार्थ सेवन गरेका बराइलीले २५ वर्षीय छोरा र १६ वर्षीया छोरी माथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार एसिड प्रहार गर्ने बराईलीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने छोरा र छोरीको जिल्ला अस्पताल फाप्लुमा उपचार शुरु गरिएको छ । छोरीको अवस्था सामान्य रहेको तर छोराको अवस्था गम्भिर रहेको बताइएको छ ।

घटनाको वृस्तित विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार