मलेसियाको जेलमा रहेका राईलाई नेपाल फर्काउन सहयोगकाे अपिल

  नेपालन्यूजसाईट समाचारदाता

खोटाङ : जिल्लाकाे केपिलासगढी पालिका वडा नं.-७ सुङदेलका एक युवा मानसिक सन्तुलन गुमाएपछि मलेसियाको एक जेलमा रहेका पूर्णबहदुर राईलाई नेपाल फर्काउन परिवारले सहयोग अपिल गरिएका छन् ।

खोटाङ जिल्ला केपिलासगढी गाउपालिका वडा नं. ७ सुङदेल साविक सुङदेल गाविस वडा नं. ३ स्थायी बसोबास गर्ने सेरबहादुर राईको नाती रणबहादुर राईको छोरा ना.प्र.नं. ५७० भएको पूर्णबहादुर राई बैदेशिक रोजगारीको लागि विगत ४ बर्ष अधि मलेसियाको एक सुरक्षा गार्डमा कार्यरत थिए।

एकासी मानसिक संतुलन मन्द भई गत २२ अगस्ट २०२१ देखि मलेसिया स्थित सनगोगाई कारागारमा बन्दि रहेको हुदा नीजको आर्थिक अबस्था कमजोर भएको हुदा निज पुर्णबहादुर राईलाई स्वदेश फिर्ता ल्याउन आवश्यक रकम लाग्ने भएको हुनाले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण सुङदेलबासी तथा नेपाली दाजुभाई तथा दिदि बहिनीहरुले आर्थिक तथा आवश्यक सहयगो गरिदिन हुन वडाध्यक्ष तेजकुमार राईद्वारा हस्ताक्षरित अपील पत्रमा अनुरोध गरिएको छ।

मलेसियाको एक सुरक्षा कम्पनीमा कार्यरत पुर्णबहादुर राई एकासी मानसिक संतुलन गुमाएपछि कार्यरत कम्पनीको नियन्त्रण भन्दा बाहिर गएपछि सम्पर्क विहिन भएका थिए। मलेसियामा गठीत विभिन्न सामाजिक संस्थाहरुको पहलपछि भेटिएका राई अहिले मलेसियाको एक जेलमा रहेका छन्। परिवारको आर्थिक अवस्था ज्यादै न्यून रहेको कारण मलेसियाको जेलमा रहेका पुर्ण बहादुर राईलाई नेपाल फर्काउन परिवारले आर्थिक एवम् आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ ।

पूर्णबहादुर राईको परिवारमा एक श्रीमती एक छोरा र एक छोरी रहेका छन । सहयोग गर्न चाहानु हुने मानुभावले राईको श्रीमती ममता राईको सम्पर्क नम्बर ९७४२४२५७७१ वा दाजु गंगाबहादुर राईको सम्पर्क नम्बरमा ९८४८९४३३७६ सम्पर्क गरेर आवश्यक सहयोग गर्न सकिने परिवार श्रोतले अनुरोध गरेका छन्  । श्राेत हाम्राे आवाज अनलाइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार